पानी माग्ने निहुँमा ८ वर्षीया बालिकालाई बलात्कार
विदुर खबर
२०७५ असार ३१ गते ०:३४
अछाम ,साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् ।
बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ ।
बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले ढिला गरी घटनाको उजुरी आउँदा पीडकलाई नियन्त्रणमा लिन अप्ठयारो भएको बताउनुभयो ।
पीडित पक्षले यही असार २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बताइएको छ । बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया