नुवाकोटको म्यागङका दुई युवामा कोरोना भेटियो

विदुर खबर २०७७ जेठ २० गते १९:३२

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का दुई युवामा कोरोनाको संक्रमण देखिएको छ ।

Advertisement

भारतबाट सुनौलि नाका हुँदै यही जेठ १४ गते म्यागङ आएका २ जना १८ वर्ष र ३२ वर्ष युवामा कोरोनाका संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ग्रामसेवा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेको ३५ जनामध्ये ८ जनाको पिसिआर चेकजाँच गर्दा २ जनाको पिसिआर पोजेटिभ देखिएको हो ।

कोरोना देखिएका दुबै युवालाई त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख साग घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार स्थानिय तहको समन्वयमा संक्रमतिहरुको कन्ट्याक ट्रेसिङ शुरु गरिएको छ ।

Advertisement

 

यस्तो छ स्वास्थ्य कार्यालयको विज्ञप्ती ।

Advertisement

 

प्रतिक्रिया