नुवाकोट डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विदुर खबर २०७७ जेठ १८ गते १९:५१

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Advertisement

खानीसम्बन्धी कामका लागि विभिन्न बाहनामा काममा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग १ लाख घुस लिँदै गर्दा पक्राउ परेका प्रसादले थप पाँच लाख लिन मञ्जुर गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगको टोलीले उनलाई रकम लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।

चुनढुङ्गा उत्खनन् गर्न रोक लगाउँदै उनले घुस लिन मोलमोलाई गरेको अख्तियारको आरोपमा उल्लेख छ। अख्तियारले उनलाई घुस लिन मञ्जुर गरेको रकम बराबर बिगो, कैद र सोही बराबर जरिवाना गर्न माग गरेका छन्।

प्रतिक्रिया