नुवाकोटमा लकडाउनको मौका छोपेर अवैध नदी उत्खनन

विदुर खबर २०७७ जेठ १७ गते २२:०३

नुवाकोट । नुवाकोटमा लकडाउनको समयको मौका छोपेर अवैध नदी उत्खनन गर्नेहरु बढ्न थालेका छन ।

Advertisement

जिल्लामा रहेका विभिन्न क्रसर उद्योगहरुले लकडाउनको समयमा नै नदि दोहन थालेसँगै तादी र त्रिशुली खोला छेउ रहेका स्थानियबासीहरुले असन्तुष्टि जनाएका छन । प्रायजसो विदुर नगरपालिका क्षेत्रमा सधैंजसो मध्यरातका बेला नदी उत्खनन तीव्र बनेको हो । कोरोनाले देशभर सन्त्रास छाएका बेला विदुर नगरपालिका  नेतृत्वले नदीमा अवैध उत्खनन बढाएको भन्दै तादी र लिखु खोला छेउका स्थानियहरुले असन्तुष्टि जनाएका हुन । तस्करहरुले तादी,त्रिशुली र लिखु खोलामा अनियन्त्रित अवैध उत्खनन बढाइएका छन । सबैजसो क्रसर उद्योगमा जनप्रतिनिधि नै सामेल रहेको तादी र त्रिशुलीका स्थानीयबासीहरुले बताएका छन । लकडाउनको समयमा तादी र त्रिशुली निदमा व्यापक नदि दोहन हुँदा समेत प्रहरी र प्रशासन मौन बसेको भन्दै स्थानियहरुले असन्तुष्टि जनाएका छन ।

हामी उत्खनन् गर्नेलाई समातेर प्रहरीलाई बुझाउँछौं’, एक स्थानियले भने, ‘हाम्रा जनप्रतिनिधि ती तस्करलाई छोडाएर ल्याउँछन् ।’ नदी उत्खननमा क्रसर सञ्चालक, जनप्रतिनिधि र प्रहरी–प्रशासनको गहिरो नाता देखिने उनको भनाइ छ । सर्वाेच्च अदालको २०७५ असार ३१ गतेको आदेश विरुद्द गएर विदुर नगरपालिका मेयर सञ्जु पण्डितको ठाडो आदेशमा अहिले तादी खोला उत्खनन गर्ने काम भइरहेको छ । सो क्रसरमा राजनीतिक दलका उच्च तहका नेता र विभिन्न ओहोदामा रहेकाहरुको संलग्नताले यो कहिल्यै नसल्टने विषय जस्तो बनेको सर्वसाधारण बताउँछन् । मध्यरातमा ठूलठूला यन्त्रले नदी उत्खनन गरेको थाहा पाएर यसरी नखन्न आग्रह गर्दा दुई दिन पहिले मात्र क्रसर सञ्चालकका मानिसले आफूलाई गाली गरेको र कुटपिटको समेत धम्की आउने गरेको स्थानिवासप्हरु बताउँछन ।

Advertisement

त्यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले त सार्वजनिक संचार माध्यमबाट नै नदि उत्खननको विरोध गरेका स्थानिय सर्वसाधारणहरुलाई टोले गुण्डाको संज्ञा दिएका छन । मेयर पण्डितले सर्वाेच्च अदालतको आदेशलाई लत्याउँदै नदी दोहन गर्नेहरुसँग साटगाँठ गरेको स्थानियको आरोप छ । तर मेयर पण्डित सो कुरा आरोप मात्रै भएको बताउँछन । मुलुकका र जिल्लाकै बिभिन्न ठाउँमा सञ्चालित बिकास निर्माणका कार्य र सर्वसाधारणका निर्माण कार्यमा नदीजन्य पदार्थ अतिआवश्यकीय बस्तु भएपनि उत्खनन्मा देखिने मनपरीतन्त्रले जनआक्रोश बढाएको छ । सबै स्थानीयतहले नदीजन्य पदार्थको उत्खनन्बारे मापदण्ड त बनाएकै छन् नि ! वातावरणीय र भौगोलिक रुपमा प्रतिकूल असर नपर्ने गरि बालुवम,ढुङ्गा निकाल्न मिल्ने स्पष्ट ब्यवस्था छ तर त्यसको वास्ता गरिएन ति स्थानियले भने ।

खासमा पछिल्लोपटक कोविड–१९ को रोकथाममा जिल्लाका प्रहरी–प्रशासन प्रमुख र जनप्रतिनिधि संलग्न भएको मौका छोपी अनियन्त्रित उत्खनन ह्वात्तै बढेको छ । लगातार उठ्दै आएको यो बिषय टुङ्ग्याउन सबभन्दा पहिले स्थानीयतहमा ईच्छाशक्ति हुनुपर्ने र स्थानीय प्रहरी–प्रशासनको समन्वयात्मक प्रयत्न हुनुपर्ने जिल्लाका बुद्धिजीवीले सुझाएका छन् ।आफ्नै माटो, प्रकृति र आफ्नै परिवेशको सुरक्षा चिन्ताले अनियन्त्रित नदी उत्खनन्को बिरोध बढेको पक्षलाई स्थानीय तहले तत्काल सम्बोधन गर्न आवश्यक देखिएको माध्यमिक तहको शिक्षण पेशाबाट अवकाश लिएका एक शिक्षकले बताएका छन ।

Advertisement

प्रतिक्रिया