नुवाकोटका सांसद केशव पाण्डेद्दारा आफुले पाउने भत्ता कोरोना राहात कोषमा दिने घोषणा
विदुर खबर
२०७७ जेठ १७ गते १०:१६


बागमती प्रदेशसभाका सांसद केशव पाण्डे ।
नुवाकोट । बागमती प्रदेशसभाका सांसद एबम नेकपा बाग्मति प्रदेशभाका प्रमुख सचेत केशव पाण्डेले आफ्नो भत्ता कोरोना राहात कोषमा दिने घोषणा गरेका छन ।
सामाजिक संजाल फेसबुकमार्फत पाण्डेले शुक्रवार लकडाउन शुरुभएदेखि यताको भत्ता कोरोना राहात कोषमा जम्मा गर्ने घोषण गरेका हुन । सांसद पाण्डेको भत्ता कोरोना राहात कोषमा जम्मा गर्ने निर्णयसँगै उनलाई सामाजिक संजालमा बधाई दिनेहरुको भिड लागेको छ ।
सांसद पाण्डेको भत्ता नलिने घोषणासँगै जिल्लाका अन्य सांसदहरुलाई समेत राम्रो कामबाट अरुले सिक्नुपर्ने भन्दै सामाजिक संजालमार्फत दवाव आउन थालेको छ ।
सम्बन्धित
प्रतिक्रिया