नुवाकोटका सिडियोले श्रीमतिको मृत्युदर्ताको प्रमाणपत्र देखाउँदा समेत दिएनन सवारी पास
नुवाकोट। सत्ता र शक्तिमा रहँदा मानिसले मानविय संवेदना कसरी लत्याउँछ भन्ने उदाहरण बनेका छन नुवाकोटका प्रमुख जिल्ला अधिकारी सिडिओ द्रोण पोख्रेल।
लकडानउको बेलामा मानिसहरुको आवातजावतमा पास उपलव्ध गराउने जिम्मा सिडिओ कै हुन्छ। उनले मानिसको अत्यावश्यक आवश्यक काममा वाधा नपुग्ने गरि पास उपलव्ध गराउनु पर्छ। कार्यादेश पनि त्यहि हो। अत्यावश्यक सेवाका वाहेक नियमति सेवामा रहेपनि मलामी किरियापुत्रीलाई पास उपलव्ध गराउने गृह मन्त्रालयको सर्कुलरमै पनि छ। नुवाकोटका सिडिओलाई भने यो सर्कुलर लागू भएको छैन। श्रीमतीको निधन भएको खबर पाएपछि मौखिक जानकारीले नहोला भनेर लिखित प्रमाणित कागजपत्र लिएर पास बनाउन पुगेका एक व्यक्तिलाई सिडिओले निराश बनाएर पठाएका छन्।
भारत पूर्वी चम्पारण जिल्ला लतिनहवा ग्राम पंचायतका सरपंचले लक्ष्मीकान्त प्रसादले श्रीमतीको निधन भएको प्रमाणित गरि पठाएको पत्र लिएर आफू कार्यरत रहेको जिल्ला नुवाकोटका सिडिओकहाँ पुग्दा लालबाबु प्रसाद साहले सवारी पास पाएनन। नुवाकोटमा कामको सिलसिलामा बस्दै आएका साहका दुई छोरा पनि यहि पढ्दै आएका छन्। अन्तिम संस्कारमा चाहिने छोराहरु र श्रीमान पनि नेपालमै रहेपछि उता श्रीमतीको शब समेत उठन् नपाएको पीडा सुनाउँदा पनि सिडिओको मन पग्लेन। बरु उल्टै आज रात पर्यो कार्यालय बन्द भयो पत्रमा लगाउने छाप छैन भोलि आउनु भनेर फर्काइदिएको साहले गुनासो गरे।
श्रीमतीको आफूहरु नगएसम्म अन्तिम संस्कार नहुने भएपछि साहका तीन बाउ छोरा विहान एक गाडी लिएर भारततर्फ लागेका छन्। साहले भने, ‘बाटोमा सुरक्षाकर्मीहरुले रोकेमा श्रीमतीको मृत्युको प्रमाणित गरेको पत्र देखाउँदै जान्छु। सिडिओ सापले पास दिएको भए सजिलो हुन्थ्यो। अब अनिश्चितता बीच जानुपरेको छ।’
सोमबार पनि इदको सार्वजनिक बिदा भएका कारण पास बन्ने सम्भावना नदेखे पछि आफू हिड्नु परेको उनले बताए। यसबारेमा सिडिओ पोख्रेलसँग सम्पर्क गर्न प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन। लकडाउनका कारण उत्पन्न भएका यस्तो पीडामा कतिपय विवेक पुर्याउने प्रसासकहरुले तत्काल समाधान दिदै आएका छन् भने कतिपयले विवेक पुर्याउन नसक्दा पिडितहरु थप पिडित बन्नु पर्दै आएको छ। सीमामा समेत यस्ता पीडाका कैयन घटना यहि लकडाउनका बेलामा देख्न परेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया