नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित भेटिए
नुवाकोट । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो । उहाँले एक जनामा कोरोना पुष्ठि भएको जानकारी दिँदै आवश्यक सावधानी अपनाउँदा अन्यमा त्यसको असर नपर्ने बताउनुभयो । कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए ।
ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौँ लैजाने तयारी गरिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन ।
दैनिकिबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया