सिमुटारमा सुचना टाँस गर्न गएका वडासदस्यमाथि भुकम्प पिडितहरुद्दारा हातपातको प्रयास

विदुर खबर २०७७ जेठ ९ गते २२:०७

सिमुटार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य तथा सचिवमाथि इन्द्रायणीचौरमा टहरा बनाई बसेका भुकम्पपिडितहरुले हातपातको प्रयास गरेका छन ।

Advertisement

विदुर नगरपालिकाको यही जेठ १ गते वसेको बोर्ड बैठकले सो स्थानमा सि.टि.भि.टि अन्र्तगत संचालन हुने बहुप्राविधिक शिक्षालय स्थापना गर्ने र सो को लागि जग्गा खाली गर्न निर्देशन दिएको निर्णय टाँस गर्न गएका वडासदस्य र नगरपालिकाका कर्मचारीमाथि उनीहरुले हातपातको प्रयास गर्दे अभद्र व्यवहार गरेका हुन । नगरपालिकाले इन्द्रयणीचौर अतिक्रमण गरि वसेका भुकम्पपिडितहरुलाई ३५ दिनभित्र सो स्थान खाली गर्न निर्देशन दिएपछि सो सुचना टाँस गर्न गएका वडाअध्यक्ष लेनिन रञ्जितसहितको टोलिमाथि स्थानियबासीले अभद्र व्यवहार गरेका हुन् । स्थानियबासीहरुले वडासदस्य शिव खड्की, वडासचिव विष्णु गजुरेल र अन्य केही व्यक्तिमाथि हातपातको प्रयास समेत गरेका थिए ।

नगरपालिकाको बोर्ड बैठकले सि.टि.भि.टि अन्र्तगत संचालन हुने बहुप्राविधिक शिक्षालय सो स्थानमा संचालन गर्ने निर्णय गरेपछि हामी सो सुचनाबारे जानकारी गराउन इन्द्रायणी चौर गएका थियौ, करिव एकघण्टाजति छलफल भएको थियो, हामी फर्कने क्रममा स्थानियले हाम्रो पछि आउँदै गरेका वडासदस्य शिव खड्की र सचिवमाथि हातापातको प्रयास गरे वडाअध्यक्ष रञ्जितले विदुर खबरसँग भने । उनले तीनवर्षअघिदेखि भुकम्पपिडितहरुलाई पटकपटक सो स्थान छाड्न आग्रह गर्दा समेत अटेरी गर्दै आएको बताए ।

Advertisement

वि.स.२०७२ सालको भुकम्पकपछि रसुवाको हाकु, भोर्ले, नुवाकोटको साल्भे, भाल्चे लगायतका स्थानबाट सिमुटारमा आएर भुकम्पपिडितहरु बसीरहेका छन । अहिले त्यहाँ रहेका ९० घरधुरीमध्ये ८२ परिवारले अन्य स्थानिय तहमा राहात लिएर घर बनाइसकेको विदुर नगरपालिकाले बताएको छ । पिडितहरुले अन्य स्थानमा राहात लिएर घर बनाइसकेकोले सो स्थान खाली गरि प्रदेशस्तरीय वहुप्राविधिक शिक्षालय स्थापना गर्न लागिएको सो स्थान खाली गर्न निर्देशन दिएका हौ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भने । जग्गा अतिक्रमण गरि बसेका भुकम्पपिडितको अन्य स्थानमा घर बनिसकेकोले सोही स्थानमा लगेर व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने उनले बताए ।

त्यस्तै वडाअध्यक्ष लेनिन रञ्जितले लकडाउनको समयमा व्यवस्थापन गर्न सहज हुने र बालबालिकाको पढाई समेत शुरु नभएकोले यो व्यवस्थापन गर्ने राम्रो समय भएको बताए । उनले नगरपालिकाले सम्बन्धित स्थानमा पुराउन भौतिक र प्राविधिक सहयोग गर्ने बताए । तर ईन्द्रायणी चौरमा टहरा बनाएकाहरु भुकम्पपिडितहरु अहिलेकै अवस्थामा सो स्थान छाड्न सक्ने अवस्था नरहेको बताउँछन । हामी अहिले कोरोना भाइरसको माहामारी र लकडाउनका कारण एकान्तवासमा वसीरहेका छौ यस्तो समयमा के खाउ र के लाउको अवस्थाका बसीरहेका ठाउँ अहिले छाड्न सकने अवस्था छौ हामीलाई केही समय चाहिन्छ उनले भने ।

Advertisement

वडाका जनप्रतिनिधि र भुकम्पपिडितहरुको करिव दुईघण्टाको छलफलपछि केही वेर तनावग्रस्त भएको सो ठाउँमा सुरक्षाको लागि सशस्त्र प्रहरी समेत परिचलान गर्ने नगरपालिकाको तयारी छ ।

प्रतिक्रिया