नयाँ नक्साको स्वागत गर्दे नुवाकोटको त्रिशुलीमा दिपावली
विदुर खबर
२०७७ जेठ ९ गते २१:४१
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको विषयमा खुशी हुँदै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा दीपावली गरिएको छ ।
त्रिशुली समाजिक क्लबले त्रिशुली जलविद्युत्तको अगाडी नेपालको नयाँ नक्शा जारी गरेको खुशीयालीमा दिपावली कार्यक्रमको आयोजना गरेको त्रिशुली सामाजिक क्लबका नरेन्द्र अमात्यले जानकारी दिए । त्यस्तै नयाँ नक्शा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गर्दै जिल्लामा सर्वसाधारण जनताले पनि दीपावलीमा सहभागी भएर स्वागत गरेका हुन् । सरकारले जारी गरेको नयाँ नक्शालाई कार्यान्यन गर्न निशान छाप संशोधनका लागि संविधान संशोधनको समेत तयारी गरिरहेको छ ।
दिपावली कार्यक्रममा विदुर नगरपालिका वडा १ का वडाध्यक्ष लेनिन रञ्जित, वडा सदस्य शिव खड्गी लगाउतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया