त्रिशुलीमा अस्पतालमा थप तीजनामा आरडिटी पोजेटिभ देखियो

विदुर खबर २०७७ जेठ ७ गते २१:५८

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोेलनीमा रहेको त्रिशुली अस्पतालमा ¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा थप तीन जनामा पोजेटिभ देखिएको छ ।

Advertisement

जिल्ला अस्पताल नुवाकोटका अनुसार आज थप तीन जनाको आरडीटी पोजेटिभ आएको हो । आरडीटी पोजेटिभ आएकाहरु विदुर नगरपालिका र लिखु गाउँपालिकाका मानिस रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुली अस्पतालमा आज ५४ जनामा गरिएको परिक्षणमा तीन जनामा आरडीटी पोजेटिभ देखिएको त्रिशुली अस्पतालका डाक्टर रेमकुमार राईले जानकारी दिनुभयो । उनीहरुसहित थप ७ जनाको स्वाब संकलन गरी पिसिआरको लागि राष्ट्रिय प्रयोगशाला टेक, काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो ।

रडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन । नमुना संकलन गरिएकाहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Advertisement

यसअघि पनि मंगलबार नुवाकोटको विभिन्न स्थानका ८ जनामा आरडीटी पोजेटिभ आएको थियो ।

प्रतिक्रिया