त्रिशुली अस्पतालका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखियो

विदुर खबर २०७७ जेठ ६ गते १३:००

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा रहेको त्रिशुली अस्पतालमा कार्यरत रहेका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल नुवाकोटले जनाकारी दिएको छ । उनीहरु दुबै अस्पतालका कर्मचारी रहेका छन । अस्पतालले करिव एकसय जनाभन्दा बढी कर्मचारीको आरडीटी टेष्ट गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको त्रिशुली अस्पताल नुवाकोटका फोकल पर्सन डा. अमितकुमार श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

उनले अस्पतालका अन्य कर्मचारीहरुको पनि जाँच भइरहेको भन्दै विस्तृत विवरण आउँन बाँकी रहेको जानकारी दिए । अस्पतालमा रहेका सुरक्षाकर्मी र काउन्टरमा वस्ने एक कर्मचारीमा कोरोनाको पोजेटिभ देखिएको बताइएको छ । कोरोना पाजेटिभ देखिएका एक पुरुष र एक महिला रहेका छन ।  दुई जनामा आरडीटीबाट कोरोना पोजेटिभ देखिएको स्वाूस्थ्य कार्यालय नुवाकोटका कोभिड फोकल पर्सन जर्नादन शिलवालले भने, ‘थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टि हुन्छ ।’

Advertisement

उनीहरुको स्वाब संकलन गरी काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला अस्पताल त्रिशुलीले जानकारी दिएको छ । आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन ।

प्रतिक्रिया