लिखुका स्वास्थ्यकर्मीलाई ट्रेड युनियन काँग्रेस नुवाकोटद्वारा ‘पिपिइ’ वितरण
लिखु । लिखु गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) वितरण गरेको छ ।
सोमबार बिहान युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष अध्यक्ष हरिशरण लामिछानेको रोहवरमा गाउँपालिकाका स्वास्थ्य संयोजक भीमबहादुर रोकालाई ४ थान पिपिइ हस्तान्तरण गरेका हुन् । त्यसक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले ट्रेड युनियनको सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च हुने बताए । श्रेष्ठले आम नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे । त्यस्तै ट्रेड युनियन नुवाकोटका अध्यक्ष देबकोटाले आगामी दिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक ब्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउने तयारी भईरहेको जानकारी दिए ।
यसअघि पनि ट्रेड युनियन नुवाकोटले जिल्लाको विभिन्न स्थानिय स्वास्थ्यकर्मी र संचारकर्मीहरुलाई आवश्यक सामग्री उपलब्ध गराईसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया