क्वारेन्टाइनमा बसेका युवकको बाँकेमा मृत्यु , स्थानियवासी त्रसित

विदुर खबर २०७७ जेठ ४ गते १०:१०

बाँके । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज मृत्यु भएको छ ।

Advertisement

ती युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले जानकारी दिए । बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको खानले बताए । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएअनुसार ती युवकको रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे मृत्यु भएको हो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने बताइएको छ ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

Advertisement

 

प्रतिक्रिया