नुवाकोटको सुर्यगढी गाउँपालिका शिल गर्ने तयारी

विदुर खबर २०७७ जेठ ३ गते १३:४७

विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिका शिल गर्ने तयारी गरिएको छ ।

Advertisement

गाउँपालिकाभित्र अपरिचत व्यक्ति तथा विभिन्न स्थानबाट सवारीसाधन आवतजावत गर्ने मानिसहरु बढेको भन्दै शिल गर्न लागेको बताइएको छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) सुर्यगढी गाउँपालिका उत्तिकै जोखिममा देखिएकोले तत्कालै गाउँपालिका पूर्णरुपमा घेराबन्दी र शिल गर्न थालेको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताए ।

जेठ ७ गते दिउँसो ४ः०० बजेभित्र गाउँपालिकाका नागरिकहरुलाई आवश्यक पर्ने सरसामान जम्मा गर्न र गराइदिन सुर्यगढी गाउँपालिकाले समय दिएको छ । ‘तोकिएको समय भित्रमा चाहिने सामान संकलन गर्न सम्पूर्ण नागरिक, गैर सरकारी संघसंस्था, कर्मचारी, शिक्षक र सहयोगका लागि खटिरहेका सचेत नागरिकहरुलाई विनम्रताका साथ अनुरोध गर्दछौं’ सूचनामा भनिएको छ ।

Advertisement

गाउँपालिकामा बाहिरबाट आउने जो कोहीलाई रोक लगाएर स्थानीय सरकारको उक्त अभियानलाई साथ दिन र सुर्यगढी गाउँपालिकाका सबै नागरिकहरुको सुरक्षा गरिदिन गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले आग्रह गरेका छन ।नुवाकोटका आसपासका जिल्लामा कोरोनाको संक्रमण फेला पर्न थालेको कारण आफ्नो गाउँपालिकाका नागरिकहरुको सुरक्षाका लागि गाउँपालिकाको सिमाना देखिनै शिल गर्न थालेको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताए ।

प्रतिक्रिया