नुवाकोटमा वाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

विदुर खबर २०७७ जेठ २ गते २१:००

विदुर । नुवाकोटमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ ।

Advertisement

कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो । आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला द्रोण पोखरेलले जानकारी दिनुभयो ।

स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको पोखरेलले बताउनुभयो । “हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ ।”

Advertisement

प्रतिक्रिया