नुवाकोटमा वाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक
विदुर खबर
२०७७ जेठ २ गते २१:००
विदुर । नुवाकोटमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ ।
कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो । आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला द्रोण पोखरेलले जानकारी दिनुभयो ।
स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको पोखरेलले बताउनुभयो । “हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ ।”
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया