नुवाकोटमा क्रसरले बालुवा झिकेको खाडलमा परी बालकको मृत्यु
नुवाकोट। नुवाकोटको लिखु खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।
पञ्चकन्या गाउँपालिका २ र लिखु गाउँपालिका ६ को सीमा भएर बग्ने लिखु खोलामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा स्थानीय ९ वर्षीय सन्देश सुनार विकको मृत्यु भएको हो । बालकलाई उपचारका लागि काठमाडौंको लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । क्रसरले उत्खनन् गरेको खाल्डोमा परेर बालकको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयले परिवारलाई क्षर्तिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो छहरे–गुर्जेभन्ज्याङ सडक अवरोध गरेका थिए । पछि प्रहरीले उक्त सडक खुलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख तथा एसपी अबिनारायण काफ्लेले खोलामा डुबेर मृत्यु भएको दाबी गरे । ‘खोलामै डुब्या हो,’उनले भने, ‘खाल्डोमा डुबेको अवस्था होइन । उसका बुबाले बालुवा झिक्ने काम गर्नुहुन्थ्यो अरे । खोला त लामो हुन्छ । नुहाउने क्रममा खोलाले बगाएको हो ।’
घटनापछि आक्रोशित स्थानीयले पञ्चकन्या गाउँपालिका २ नाट्यश्वरी क्रसर उद्योगले बालुवा झिक्ने खाल्डोमा बालक डुबेर ज्यान गएको बताएका छन् । उक्त क्रसर लिखुको खोलासँगै पञ्चकन्या–छहरे जोड्ने पक्की पुलको छेउमै छ । जुन वातावरणीय मापदण्डअनुसार सञ्चालनमा छैन ।
यसअघि अवैध रुपमा ककनी गाउँपालिकाको कोल्पुखोलामा खानिएको खाल्डोमा परेर दुई जनाको ज्यान गएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया