जबरजस्ती गरेको आरोपमा चारघरेका केदार पौडेल पक्राउ


जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पौडेल ।
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चारघरेका केदार पौडेल जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।
उनले बेलकोटगढी नगरपालिका वडा नम्बर ५ की १५ वर्षिय एक बालिकालाई ललाई फकाई तथा डर देखाएर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पौडेलले यौन सम्पर्क गर्न नदिए आफु मरिदिने भन्दै वालिकालाई चक्लेट भनि झुक्काएर ईकोन (आकस्मिक गर्भ निरोधक चक्की) खान दिएको बताइएको छ ।
उनलाई कोटथोकस्थित बालिकाकै मकैबारीमा जवरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाको दाईले भेटेको बताइएको छ । पौडेललाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत नुवाकोटबाट १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया