सीडीओ सा’ब नुवाकोटमा लकडाउन खुलेको हो ?

नुवाकोट । लकडाउनका सुरुवाती दिनमा नुवाकोटमा गाडी सञ्चालनमा निकै कडाइ गरिए पनि हिजोआज खुकुलो देखिएको छ । डराएर घर बसेका नागरिक पनि सवारी साधन लिएर सडकमा निस्कन थालेका छन् ।
यसको उदाहरण नुवाकोटका सहरी तथा भित्री भागमा देख्न सकिन्छ । जिल्लाका मुख्य बजार क्षेत्र बट्टार,विदुर, ढुङ्गे, त्रिशुली र हावा घर लगायतका क्षेत्रमा साँझ र बिहानको समयमा लकडाउन बिर्साउने गरी सवारी साधनहरू चलिरहेका छन् । मानिसहरूको आवातजावत पनि निर्बाध छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशव्यापी लकडाउन गरेको मंगलबार ५० औं दिन भइसकेको छ । यस अवधिमा देशभरका एकसय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । नुवाकोटका अझैसम्म कसैलाई पनि कोरोना संक्रमण देखिएको छैन ।
नुवाकोटका सहरी तथा ग्रामीण क्षेत्रका भित्री पसलहरू धमाधम खुल्न थालेका छन् । मानिसहरू झुण्ड–झुण्डमा किनमेलका जाने गरेका देखिन्छन् । सुरुमा धमाधम पक्राउ गरेर कारबाही चलाउने प्रहरी प्रशासन सडकमा त छन् । तर, उनीहरूले कुनै रोकावट गर्दैनन् । पहिला लकडाउनको उल्लङ्घन गरेको भनेर दैनिकजसो यात्रुलाई नियन्त्रणमा लिएर छाड्ने गरिएको भए पनि हिजोआज सो क्रम रोकिएको छ ।
बजार क्षेत्रका अधिकांश बैङ्क खुल्ला छन् । बैङ्कमा सर्वसाधारणको अत्यासलाग्दो भिड देख्न सकिन्छ । सरकार मातहतका राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडमा पनि चाप बढी छ । बट्टारमा रहेको हिमालय र प्रभु बैङ्कमा सबैभन्दा भिड छ । तरकारी तथा खाद्यान्न बजारमा पनि भिड छ ।
कोरोना प्रभावित जिल्लाहरूबाट समेत नुवाकोटका बजार क्षेत्रमा मान्छे आउने क्रम बढेको पाइएको छ । कोरोना प्रभावित जिल्लाबाट पनि मान्छे आएको थाहा पाएपछि बजार क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया