नुवाकोटको मान्द्रेढुङ्गाबाट बालिकालाई यौन र्दुव्यवहार गरेको आरोपमा एक पक्राउ
विदुर खबर
२०७७ वैशाख ३० गते ९:४५

बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ मान्द्रेढुङ्गाबाट बालिकालाई यौन र्दुव्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर ६ मान्द्रेढुङ्गाका ३० वर्षिय सोम बहादुर राई (नाम परिवर्तन) रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । राईले आफ्नै गाउँकी ६ वर्षिय र ११ वर्षिइ बालिकालाई यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई बाल यौन दुरुपयोग मुद्धामा जिल्ला अदालत नुवाकोटबाट म्याद थप गरि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया