तुप्चेमा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुल्यो
विदुर खबर
२०७७ वैशाख २८ गते ११:१०
बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र ९ को सिमाना अधेरी खोलामा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।
मृत अवस्थामा भेटिएका युवक लिखु गाउँपालिका वडा नम्बर १ का २६ वर्षिय कृष्ण भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी किस्पाङको अर्चलेबाट लिखु १ मा वसाईसराई गरेर आएको बुझिएको छ । उनको शव अहिले आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै साईकल भेटिएकोले उनको साईकल दुर्घटनामा मृत्यु भएको आशंका गरिएको कोलनी प्रहरी चौकीका असई हरिमान शाक्यले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया