नुवाकोटको तुप्चेमा अज्ञात व्यत्तिको शव फेला
विदुर खबर
२०७७ वैशाख २८ गते ८:०१

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र ९ को सिमाना अधेरी खोलामा एक अज्ञात व्यक्तिको लाश फेला परेको छ ।
घटनास्थल नजिकै साईकल भेटिएकोले उनको साईकल दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने कोलनी प्रहरी चौकीका असई हरिमान शाक्यले जानकारी दिए । अन्दाजी २० वर्ष रहेका उनको पहिचान हुन बाँकी रहेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया