नुवाकोटमा कोरोनाको आंशका गरिएका व्यक्तिको ¥यापिड र स्वाब टेष्टको नतिजा नेगेभिट देखियो

विदुर खबर २०७७ वैशाख २७ गते १२:१५

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३  भालुखोला बस्ने २४ वर्षिय राम तामाङको स्वाव र ¥यापिड टेष्टको नजिता नेगेटिभ देखिएको छ ।

Advertisement

एक महिनाअघि भारतको दार्ज्लिङ्गबाट विदुर फर्किएका उनमा कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखा परेपछि त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको थियो । विदुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङले कोरोनाको आशंकामा त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएका तामाङको दुबै टेष्टको नतिजा नेगेटिभ आएको जानकारी दिए । वडाध्यक्ष तामाङले सामाजिक संजलमा पोष्ट गर्दै उनमा कुनैपनि संक्रमण नदेखिएको उल्लेख गरे र साथै उनले सबैलाई सामाजिक दुरी कायम गरेर बस्न समेत सबैमा आह्वान गरेका छन ।

यस अघि पनि नुवाकोटमा दुई जनालाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या एकसय ९ पुगेपनि नुवाकोटमा भने अहिलेसम्म कुनैपनि व्यक्तिमा संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया