साझा पार्टीद्धारा नुवाकोटद्दारा नेपाल र सशस्त्र प्रहरीलाई पन्जा वितरण
विदुर । साझा पार्टी नुवाकोटले जिल्लाको सुरक्षामा खटिएका नेपाल र सशस्त्र प्रहरीलाई स्वास्थ्य पन्जा वितरण गरेको छ ।
साझा पार्टी नुवाकोटका संयोजक दामोदर नेपालको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी प्रमुख अविनारायण काफ्ले र सशस्त्र प्रहरी गुल्म १९ का जनक सापकोटालाई पन्जा वितरण गरेका हुन । कोभिड –१९ को कारण सरकारले जारी गरेको लकडाउन कार्यान्यन गर्न सडकमा बसेर सहजीकरण गरेका प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको साझा पार्टी नुवाकोटका संयोजक दामोदर नेपालले जानकारी दिए ।
साझा पार्टी नुवाकोटले १० बक्स पन्जा जिल्ला प्रहरी कार्यालय विदुर,सशस्त्र प्रहरी गुल्म नम्बर १९ लाई ५ बक्स पन्जा, देविधाट प्रहरी चौकीलाई २ बक्स र तारुका प्रहरी चौकीलाई ३ बक्स गरी २० बक्स पन्जा वितरण गरिएको छ ।
काममा खटिएका प्रहरीका जवानहरु पन्जा नलगाई बस्दा असुरक्षित देखिने भएकोले केही सहयोग गरिएको साझा पार्टी नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक





प्रतिक्रिया