नुवाकोट घोरल प्रकरण : हराएको वन कार्यालयको दाबी,स्थानिय भन्छन् भाग्नै सक्ने अवस्थामै थिएन

विदुर खबर २०७७ वैशाख २६ गते १८:३३

नुवाकोट । डिभिजन वन कार्यालय नुवाकोटबाट यहि २४ गते हराएको घोरल हराएको प्रकरणबारे वन कार्यालले आईतबार मुख खोलेको छ ।

                                           घोरल हराएको विषयमा पत्रकार सम्मेलन गर्दै वन कार्यालयका कर्मचारीहरु ।

Advertisement

कार्यालयले आईतवार पत्रकार सम्मेलनको आयोजना गरि घोरल हराएको दाबी गरेको छ । विभिन्न सामाजिक संजाल लगायतका केहीको मिलेमतोमा घोरल काटेर खाएको आरोप लगाएको वन कार्यालयले घोरल कार्यालय परिषरमा रहेको खोरबाट नै हराएको भन्दै वन कार्यालयले दाबी गरेको छ । कार्यालयका प्रमुख जयमंगल प्रसादले पत्रकार सम्मेलनमा बोल्दै घोरल खोरबाट नै हराएको दाबी गरेका हुन । उनले सोही दिन रातको १० बजे घोरल खोर फत्काएर फरार भएको भन्दै खोजविन गर्दा समेत नभेटिएको बताए ।

त्यस्तै वन कार्यालयका सुचना अधिकारी लोकनाथ न्यौपानेले हराएको सुचना पाउने वित्तिकै प्रहरी र कार्यालयका कर्मचारी मिलेर खाजी गरेपनि घोरल भेट्टाउन नसकिएको बताए । उनले खोजतलास गर्दा कार्यालय परिषरमा घोरलको खुरको डोब देखिएको भन्दै घोरलले खोर भत्काएर भागेको दाबी गरे ।

Advertisement

तर घोरल भेटिएको शिवपुरी गाउँपालिका वडा नम्बर ५ त्रिवेणी धामका स्थानियबासीले भने घोरलले खोर भत्काएर भाग्नै नसक्ने अवस्थामा वन कार्यालयले लगेको भन्दै वन कार्यालयको कुरामा विश्वास गर्नै नसकिने बताएका छन । स्थानियबासीले वन कार्यालयका कर्मचारीले घोरल काटेर खाएको हुन सक्ने भन्दै वन कार्यालयको दाबीमा समेत सत्यता नरहेको भन्दै आपत्ति जनाएका छन ।

                                                     घोरल हराएपछि देखिएको खोरको अवस्था ।

वन कार्यालयमा रहेको फलामे खोरबाट घोरल हराएको समचार वाहिरिएपछि सामाजिक संजालमा डिभिजन वन कार्यालय नुवाकोटको आलोचना हुन थालेको छ ।

Advertisement

 

यस्तो छ कार्यालयको विज्ञप्ती ।

प्रतिक्रिया