कञ्चनपुर हिँडेका मजदुर नुवाकोटमा रोकिए
नुवाकोट । नुवाकोटबाट कञ्चनपुर हिँडेका १८ मजदुरलाई प्रहरीले रोकेको छ ।
त्रिशूली–३ बी हबको सबस्टेसनमा फलामेडन्डीको काममा खटिएका उनीहरूलाई सदरमुकाम विदुरमा रोकिएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका उनीहरू नुवाकोटको पैरेबेंसीमा तीन महिनाअघि आएका थिए । ‘ठेकेदारले काममा लगाउन छाडेपछि वैशाख १५ देखि कामविहीन भयौं, कमाएको पैसा रासनपानीमा खर्च भयो,’ राकेश रानाले भने, ‘पैसा सकिन लागेकाले हिँडेरै घर जाने खोज्दा पनि पाइएन ।’
बाटोका लागि चिउरा, चाउचाउ बोकेर उनीहरू किस्पाङ गाउँपालिका–५ पैरेबेंसीबाट बुधबार बिहानै हिँडेका थिए । सदरमुकाम विदुरमा आएपछि प्रहरीले सोधपुछ गरेर जहाँबाट आएको उतै जान भनेर पठाएको उनले बताए । ‘घरमा काम गर्ने मान्छे पनि छैनन्,’ अर्का मजदुर धोके रानाले भने, ‘बाली नलगाए खान पाइन्न । यता काम भएन ।’ उनकै गाउँका रामधिरज रानाले १८ जनालाई यता काममा ल्याएका थिए । एक जना पहिल्यै गए पनि अरू सबै यतै रोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उनीहरूको मर्का बुझेको भन्दै आयोजनाले घरमै पुर्याइदिए सहजीकरण गर्न सकिने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया