नुवाकोटमा एकजनामा कोरोनाको आशंका, त्रिशुली अस्पतालको आइसोलेसनमा राखियो


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको विदुरमा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो एक विरामी भेटिएपछि उनलाई त्रिशुली अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ ।
एक महिना अघि भारतको दार्ज्लिङ्गबाट विदुर फर्किएका उनमा आज कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण फेला परेपछि त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार आज दिउँसो ज्वरो आएर त्रिशुली अस्पताल पुगेका उनमा संक्रमणको लक्षण बढि मिल्दोजुल्दो भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको हो । उनको स्वाव संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाइएको छ । उनको स्वाव परीक्षणको प्रतिवेदन पर्सीसम्ममा आउने बताइएको छ ।
यस अघि पनि नुवाकोटमा दुई जनालाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया