जबर्जस्ती नुवाकोट प्रवेश गरेका ६ चिनियाँलाई अध्यागमन पठाइयो
विदुर खबर
२०७७ वैशाख २४ गते १६:०३
नुवाकोट । जबर्जस्ती जिल्ला प्रवेश गरेका ६ जना चिनियाँ पर्यटकलाई अध्यागमन कार्यालय काठमाडौंको जिम्मा लगाइएको छ ।
उनीहरू पोखरादेखि पैदल हिँडेर सोमबार साँझ नुवाकोट प्रवेश गरेका थिए । उनीहरू चीनको सीमा रसुवा पोर्ट हुँदै केरुङ जान खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले बताए ।
मार्च महिनामा नेपाल आएका उनीहरू भिसा अवधि सकिएपछि पैदल नै तिब्बतको केरुङ हुँदै घर जान चाहेका थिए । उनीहरू ४ पुरुष, एक महिला र एक बालिका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया