नुवाकोटमा लकडाउन : “ठुलालाई चैन सानालाई ऐन”
नुवाकोट । यति वेला देशभरमा लकडाउन घोषणा गरिएको छ । कारण विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण ।
केन्द्र सरकारले गत चेत्र ११ गतेदेखि लागु हुनेगरि देशभर लकडाउन घोषणा ग¥यो । त्यसको लगत्तै जिल्ला सुरक्षा समिति नुवाकोटले पनि जिल्लाभित्र निषेधाज्ञा जारी ग¥यो ।
त्यसको लगत्तै नुवाकोट प्रहरी र प्रशासनले पनि जिल्लामा लकडाउन घोषणा र निषेधाज्ञा जारी भएको विगुल फुक्यो । लकडाउन घोषण भएको भोलिपल्टदेखि नुवाकोटको सदरमुकाम विदुर लगायतका चोकचोकमा लकडाउन कार्यान्यन गर्न प्रहरी परिचालन गरियो तर नतिजा शुन्य । जनताले लकडाउनको कार्यान्यनमा वेवास्ता गर्दा जिल्लामा लकडाउन पुरै फ्लप भयो । नुवाकोटमा लकडाउन पुरै फ्लप भएको भन्दै अनलाईन समाचार, पत्रपत्रिका, सामाजिक संजाल लगायतकामा नुवाकोटका प्रहरी र प्रशासनको व्यापक विरोध भएपछि प्रहरी र प्रशासनले लकडाउन कडाई गरेको भान भयो । तर केही दिनपछि फेरि उस्तै ।
त्यस्तै एकसाता अघि लकडाउनकै समयमा पनि राजधानी लगायतका स्थानबाट झण्डै २५/ ३० वस मानिसहरु जिल्ला भित्रिए त्यो पनि नेताको ठाडो आदेशमा । के नेताले ओसारेका मानिसहरुलाई चै भाइरसको संक्रमण नदेखिने हो त सिडियो साप र प्रहरी प्रमुख ज्यु ? कि त यिनीहरुलाई कोरोना संक्रमण हुदैन भनिदिनुस । यो त ठुलालाई चैन सानालाई ऐन भएन ।

लकडाउनको समयमा बैकमा कारोवार गर्न सेवाग्राहीहरुको लागेको भिड ।
दैनिकजसो लकडाउन उल्लघंन गरेको भन्दै जिल्ला प्रहरीले एकसयभन्दा बढीलाई समात्ने गरेको तथ्याङकले समेत जिल्लामा लकडाउन कार्यान्यनमा प्रहरी र प्रशासनको चुकेको भान हुन्छ । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै जिल्लाको विभिन्न स्थानमा गरि करिव २५ जनाभन्दा बढीलाई केहि समय नियन्त्रणमा लिएर छाडेको छ भने बजार क्षेत्रको चोकचोकमा प्रहरी परिचालन गरिएपन त्यसको वेवास्ता गर्दै सडकमा निर्वाध रुपमा सवारीसाधन संचालन भइरहेको छ ।
सडकमा अत्याआवश्यक वाहेक सबै किसिमका सवारीसाधन संचालन गर्न प्रतिबन्ध लगाएको प्रशासनको निर्णयलाई जिस्काउँदै निर्वाध रुपमा सडकमा सवारीसाधन संचालन हुँदा प्रहरी त्यसको रमिते बनिरहेको छ । प्रशासनले लकडाउनको उल्लघंन गरेमा ६ महिना जेल हाल्ने बताउने गरेको छ । तर प्रशासनले जनतालाई सुसुचित गर्न नत जरुरी ठानेको छ नत जिम्मेवारी बनाउनेतर्फ नै सोचेको छ । त्यस्तै प्रहरीलाई सनक चढेमा एक÷एक सवारीसाधन चेक जाँच गरिन्छ भने उनीहरुलाई दिक्क लागेमा कुनैपनि सवारीसाधन चेकजाँच हुँदैन ।

लकडाउनको समयमा निर्वाध रुपमा जिल्ला भित्रिएका वस ।
सडकमा चेकजाँचका लागि खटाइएका प्रहरीले कार्डधारी ठुलाबडाको न त चेकजाँच गर्छन न त रोक्ने हिम्मत । उनीहरुले डोरी घाँटीमा देखेमा चेकजाँच समेत गर्देनन । त्यस्तै सवारीसधान संचालनका लागि पास लिएकाको पनि चेकजाँच नहुँदा दुरुपयोग तिव्र बनेको छ । कसैको कार्ड अरुले नै समेत भिरेर हिँडेको समेत यो स्तम्भकारले समेत भेटेको छैन । के परिचयपत्रको चेकजाँच गर्न हामीसँग समय र जनशक्ति नभएकै हो ? हैन भने किन परिचयपत्र चेकजाँच गरिदैन ।

लकडाउनको समयमा पैदल यात्रा गर्दै विराटनगर हिँडेका यात्रुहरु ।
त्यस्तै एकसाता अघि लकडाउनकै समयमा पनि राजधानी लगायतका स्थानबाट झण्डै २५/ ३० वस मानिसहरु जिल्ला भित्रिए त्यो पनि नेताको ठाडो आदेशमा । के नेताले ओसारेका मानिसहरुलाई चै भाइरसको संक्रमण नदेखिने हो त सिडियो साप र प्रहरी प्रमुख ज्यु ? कि त यिनीहरुलाई कोरोना संक्रमण हुदैन भनिदिनुस । यो त ठुलालाई चैन सानालाई ऐन भएन ।
त्यस्तै जिल्लाका पुर्व मन्त्रिदेखि सांसद, गाउँपालिका अध्उक्ष, उपाध्यक्ष सबै आफ्ना गाडीमा मान्छे हुलका हुल बोकेर हिँडिरहेका छन त्यो वेला चेकजाँच गर्न नसकिने हो ? के नेता,सांसद,मन्त्रि र मेयर ज्युहरुलाई कोरोना संक्रमण नहुने नै हो त । के कार्डधारी सबैलाई कोरोना नलाग्ने हो त । यि आम सवाल जनताले पनि सोधिरहेका छन ।
र अन्त्यमा कोरोना भाइरसले विश्व जगतमा महामारीको रुप लिएको छ । यसको जोखिम कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । यसको पालना सबै नागरिकहरुले गर्न जरुरी छ । त्यसैले आफु सुरक्षित बसेर आफ्ना इष्टमित्र साथीभाईहरुलाई पनि सुरक्षित बनाउने दायित्व हामी सबैको हो । लकडाउनको कार्यान्यन गर्न प्रहरी र प्रशासनलाई सहयोग गर्न जरुरी छ । तपाईको सहयोगले नै सबै सुरक्षित रहन सकिन्छ ।
लेखक विदुर खबर साप्ताहिकका सम्पादक हुन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया