नुवाकोटमा लकडाउन उल्लंघन गर्नेहरु धमाधम कारबाहीमा (फोटो फिचर)

विदुर खबर २०७७ वैशाख १६ गते १७:५५

नुवाकोट । नुवाकोटमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।

Advertisement

सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिन बाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म र्पुयाएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ ।

मंगलबार दिउँसोसम्म नुवाकोटको सडकमा चेकजाँचका क्रममा २९ वटा दुई पांग्रे सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ । त्यस्तै आज नै ८० पुरुष र २४ जना महिला गरि एकसय ४ जना पैदलयात्रीलाई प्रहरीले कारबाही गरेको छ । पैदलयात्रीलाई कारबाहीस्वरुप सडकमा उभ्याउने गरिएको छ । घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् ।

Advertisement

अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।

यस्तै सोमवार पनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले एकसयभन्दा बढीलाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।

Advertisement

प्रतिक्रिया