नुवाकोटमा लकडाउन उल्लंघन गर्नेहरु धमाधम कारबाहीमा (फोटो फिचर)
नुवाकोट । नुवाकोटमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।
सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिन बाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म र्पुयाएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही थालिएको छ ।
मंगलबार दिउँसोसम्म नुवाकोटको सडकमा चेकजाँचका क्रममा २९ वटा दुई पांग्रे सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ । त्यस्तै आज नै ८० पुरुष र २४ जना महिला गरि एकसय ४ जना पैदलयात्रीलाई प्रहरीले कारबाही गरेको छ । पैदलयात्रीलाई कारबाहीस्वरुप सडकमा उभ्याउने गरिएको छ । घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भए पनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् ।
अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि पछिल्लो समय बन्द गरेको छ ।
यस्तै सोमवार पनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले एकसयभन्दा बढीलाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया