नुवाकोटमा लकडाउन उल्लघन गर्ने १७ सयभन्दा बढी प्रहरीको फन्दामा

विदुर खबर २०७७ वैशाख १३ गते ८:३३

नुवाकोट । नुवाकोटमा लकडाउनको उल्लघन गर्ने झन्डै १७ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।

Advertisement

सरकारले गत चैत्र ११ गतेदेखि देशभर आह्वान गरेको लकडाउनको उल्लघन बढेको भन्दै नुवाकोटमा धेरै मात्रामा मानिसहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले जाकनारी दिए । उनका अनुसार पुरा लकडाउनको अवधीमा १७ सय २ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ ।

जिल्ला सुरक्षा समितिले नुवाकोटलाई निषेधाज्ञा घोषण गरेपनि त्यसको अबज्ञा गरी जिल्ला विभिन्न नाका हुँदै जिल्ला प्रवेश गरेका मानिसहरु प्रहरीको फन्दामा परेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार लकडाउनको उल्लघन गर्ने ३ सय ३४ ओटा मोटरसाइकल, ५ ओटा ट्रक, ३ ओटा आइचर, स्कुटर, मानिस ओसारपसार गरेको एम्बुलेन्ससहति ३ सय ९२ सवारीसाधनलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया