जेष्ठ नागरिकहरुसँग दु:ख बाँड्दै पन्चकन्या र लिखुका युवाहरु
देविघाट । पुरै अहिले विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको छ । यसको असर नेपालजस्तो विकासोउन्मुख देशहरुमा पनि पर्ने नै भए ।
विश्वभर महामारी फैलाएको यो रोगको संक्रमण फैलन नदिन सरकारले यहि चैत्र ११ गतेबाट पुरै देशभर लकडाउनको घोषणा गर्र्यो भने जिल्ला सुरक्षा समिति नुवाकोटले जिल्लालाई निषेधाज्ञाको घोषणा गर्र्याे । कतिले यो लकडाउनलाई कमाउने र कालोबजारी गर्ने मौकाको समयको रुपमा लिएका छन भने केही मनकारीहरुले विपतको समयमा समेत वृद्धवृद्धा,मजदुर,असहाय र गरिवहरुसँग दुख बाँड्दै हिँडिरहेका छन ।
उनीहरु हुन पन्चकन्या गाउँपालिका वडा नम्बर १ का भगवान पौडेल, वडा नम्बर २ का विष्णुहरी मिश्र, जीवन श्रेष्ठ, शिशिर मिश्र, लिखु गाउँपालिका वडा नम्बर ४ का रामचन्द्र अगस्ती र सिङ्गो पन्चकन्या गाउँपालिका र लिखुका युवाहरु । उनीहरु यो विपतको समयमा पनि दिनदुखीसँग दुद बाँड्दै हिडिरहेका छन । उनीहरुले देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न र र तरकारी वितरण गरेका छन भने मजुदरहरुलाई समेत राहात वितरण गरेका छन ।
जिल्लाभरका विभिन्न स्थानिय तह र वडाहरुले ५ किलो राहात वितरण गरेर दुईदर्जन फोटो सेसन गरिहेको अवस्थामा लिखु र पन्चकन्याका यी युवाहरुले गरेको सामाजिक कामलाई कम आक्न गर्न सकिँदैन । गत मंगलबार प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई करिव २५ हजार रुपैयाँ बरावरको खाद्यान्न सामाग्री वितरण वितरण गरेका यि युवाहरुले शनिवार पुनः त्यही गएर तरकारी वितरण गरेका छन । प्रतिष्ठानमा रहेका वृद्धवृद्धहरुलाई खाद्यान्नको व्यवस्था मिलाएका यी युवाहरुले प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले तरकारीको अभाव भएको बताएपछि युवाहरुले तरकारीको बन्दोबस्त गरिदिएका हुन ।
जेष्ठ नागरिकहरुलाई लकडाउनको समयमा खाद्यान्न र तरकारकिो अभाव नहोस भन्ने अभिप्रायले खाद्यान्न र तरकारी वितरण भगवान पौडेलले विदुर खबरलाई जानकारी दिए । उनले लकडाउनको समयमा समस्यामा परेका जेष्ठ नागरिक, मजदुर र असहायलाई सबैसँग केही सहयोग मागेर सामाग्री जुटाएको बताए ।
त्यस्तै अर्काे युवा रामचन्द्र अगस्तीले लकडाउनको समयमा जिल्लामा रहेका विभिन्न ,वृद्धवृद्धा,असाहाय, विपन्न र फरक क्षमता बढी भएका मानिसहरु बढी प्रभावित हुने गरेको भन्दै त्यस्ता व्यत्तिको पहिचान गरेर आफुहरु केही भएपनि सहयोग गर्न एकजुट भएको बताए ।
उनीहरुले शनिवार मात्रै प्रतिष्ठानमा पुगेर बन्दा,भन्टा,फर्सी। आलु ,अण्डा लगायतका तरकारीहरु प्रतिष्ठानका अध्यक्ष नेपाललाई हस्तान्तरण गरेका छन । त्यस्तै प्रतिष्ठान र अन्य स्थानमा रहेका मजदुरहरुलाई आगामी दिनमा पनि आवश्यकताको आधारमा सहयोग वितरण गर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया