त्रिशुली र बट्टारमा गरिएको ¥यापिड टेष्टको सबै रिपोर्ट नेगेटिभ
विदुर खबर
२०७७ वैशाख ७ गते १६:४९

त्रिशुली । नुवाकोटको त्रिशुली र बट्टारमा आज गरिएको कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) को सबै रिपोर्ट नेगेटिभ देखिएको छ ।
विदुर नगरपालिकाको आयोजना र स्वास्थ्य कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा गरिएको ¥यापिड टेष्टको रिपोर्ट सबैमा नेगेटिभ आएको विदुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष लेनिन रञ्ज्तिले जानकारी दिए । वडाअध्यक्ष रञ्जितका अनुसार त्रिशुलीमा ६३ जना र बट्टार वसपार्कमा १८ जनाको ¥यापिड टेष्ट गरिएको थियो ।
यसअघि विदुर नगरपालिकाको क्वारेन्टाइनमा वसेकाहरुको ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया