धादिङको धुनिवेशीको ‘सीता श्री’ ग्यासले बिक्री थाल्यो

विदुर खबर २०७७ वैशाख ४ गते १८:३१

धादिङ। धादिङको धुनिवेशी नगरपालिका पिपलबोटमा स्थापना भएको सीता श्री ग्यास उद्योगले ग्यास बिक्री गर्न थालेको हो।

Advertisement

निगमका अनुसार यो उद्योगले आइतबार ग्यास बिक्रीका लागि अनुमति पाएको हो।लकडाउनकै समयमा ४० करोड लगानीको नयाँ ग्यास उद्योग संचालनमा आएको छ।  सीता केयर पेट्रोलियम व्यवसायी सीताराम तिमिल्सिनाको उद्योग हो।उद्योगका संचालक तिमिल्सिनाले नेपाल आयल निगमबाट आइतबार बिक्री वितरणका लागि अनुमति पाएको बताउँदै सोमबारबाट ग्यास बिक्री सुरु गरेको बताए।

‘हामीले उद्योगको सबै पूर्वाधार तयार पारेका थियौं। त्यो पूर्वाधार सबै हेरेपछि निगमले ग्यास परीक्षण गर्न अनुमति दिएको थियो’, उनले  भने, ‘अत्यावश्यक वस्तुभित्र पर्ने भएकाले हामीले लकडाउनकै अवधिमा ग्यास बिक्री गर्ने अनुमति पायौं।’ यो उद्योगले सीता ब्राण्डमा ग्यास बिक्री गर्नेछ।  तिमिल्सिनाले सुरक्षाको सबै मापदण्ड अपनाएर बोटलिङ प्लान्ट लगाएको बताउँदै जनघनत्व समेत नभएको स्थानमा प्लान्ट रहेको जिकिर समेत गरे।

Advertisement

’३२ रोपनी क्षेत्रफलमा हामीले उद्योग स्थापना गरेका छौं। त्यहाँ नजिकै वस्ती पनि छैन,’ उनले भने, ‘सिँगै डाँडामा उद्योग रहेकाले जोखिम पनि कम छ।’ उनका अनुसार अटोमेटिक प्लान्ट रहेको र उपभोक्ताको भान्छामा पुग्ने भएकाले सुरक्षालाई समेत उच्च प्राथमिकता दिइएको छ। योसँगै काठमाडौमा ग्यास कम्पनीको प्रतिस्पर्धा बढ्ने देखिएको छ। अहिले काठमाडौंमा २२ वटा कम्पनीका ग्यास बिक्री हुँदै आएको छ।

तिमिल्सिनाले धेरै कम्पनी भएपनि काठमाडौंमा दुई वटा ग्यास कम्पनी मात्रै रहेको बताउँदै ती कम्पनीसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताए। ‘अहिले काठमाडौंमा नेपाल ग्यास र एभरेष्ट ग्यास छ। त्यो वाहेक अरु कम्पनी काभ्रे र धादिङका हुन्। त्यो आधारमा मेरो उद्योग काठमाडौंका दुई उद्योगपछि सबैभन्दा नजिक छ,’ उनले भने, ‘त्यसैले बजारको समस्या हुन्छ जस्तो मलाई लाग्दैन्।’ लकडाउन खुलेपछि ग्यास उद्योगबीच प्रतिस्पर्धा भने हुने देखिन्छ।

Advertisement

तिमिल्सिना एभरेष्ट ग्यास उद्योगका संस्थापक लगानीकर्ता भएकाले समेत बजारका बारेमा जानकार छन्।तिमिल्सिना ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेबीचको विवादपछि एभरेष्ट ग्यासबाट वाहिरिएका थिए। नाताले सम्धी भए पनि तिमिल्सिना र घिमिरेबीच त्यही कारणले सम्वन्ध विग्रिएको थियो। एभरेष्ट ग्यास र अक्सिजनबाट बाहिरिएका तिमिल्सिना जलविद्युत क्षेत्रमा लागेका थिए।

उनले पाँचथरमा २२ मेगावाटको तल्लो मेवाखोला निर्माण गरिसकेका छन्। त्यसपछि उनी फेरि ग्यास उद्योगमा आएका हुन्।

प्रतिक्रिया