कोरोनाले नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने,आर्थिक वृद्धिमा ठुलो गिरावट आउने

विदुर खबर २०७६ चैत ३० गते १३:०१

नुवाकोट । विश्वबैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आंकलन गरेको छ ।

Advertisement

आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ । कोभिड १९ कारण सिमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई छ । कोभिड १९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ ।

सन् २०२० मा परेको असर न्यूनिकरणमा बढी ध्यान दिनु पर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३–५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । यी दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ । यद्दपी यसले कोभिड १९ को अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंकले गरेका छन् ।

Advertisement

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ । यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ । आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् । दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ । साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।

लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई माथि उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औल्याइएको छ । लगानी आकर्षित गर्दै कोभिडले पारेको खाडल पुरा गर्न सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ । अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सरकारहरुले बहुराष्ट्रिय वित्तीय संस्थाहरुसँग पनि उत्तिकै समन्वय गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विशव बैंकले उल्लेख गरेको छ । यसमा माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ ।

अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको रहेको छ । भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ ।

प्रतिक्रिया