नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
नुवाकोट । नुवाकाेटमा एचआइभी/एड्सलाई न्युनीकरणका लागि प्रभावकारी रुपमा सचेतना प्रदान गर्न आवस्यक रहेको बताइएकाे छ ।

नुवाकोटमा हालसम्म एकसय ९५ जना एचआईभी÷एड्स संक्रमित औपचारिक रूपमा पहिचान भई नियमित औषधि सेवन गर्दै आएका छन् । उनीहरुलाई नियमित उपचार सेवा तथा परामर्शसमेत दिइरहेको त्रिशूली अस्पतालले जनाएको छ ।
एचआईभी/एड्स संक्रमित न्युनीकरणका लागि सरोकारवाला पक्ष क्रियाशील भई जनचेतना र यसको नियन्त्रणको उपाय प्रभावकारी वनाइनु पर्नेमा जोड दिइएको छ ।

विश्व एड्स दिवसको अवसरमा गत साता त्रिशूली अस्पतालमा एचआईभी/एड्स न्यूनीकरण तथा सचेतनामूलक पहलहरूका सम्वन्धमा छलफल गरिएको छ ।
अस्तालका निमित्त प्रमुख डा. राजेन्द्र लामासहित अस्पतालका चिकित्सक तथा कर्मचारी एवं सर्वसाधारणको सहभागिता रहेको थियो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले नुवाकोटमा एचआईभी÷एड्सको वर्तमान अवस्था, रोकथामका उपायहरू, नियमित सेवा उपलब्धता तथा आगामी रणनीतिबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले नुवाकोटमा एचआईभी÷एड्स नियन्त्रणका लागि अस्पतालले सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया