आज नुवाकोटका अधिकांश बैक तथा वित्तिय संस्थाले सेवा दिने

विदुर । सरकारले यहि चैत्र ११ गतेदेखि आह्वान गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभित्र आह्वान गरेको निषेधाज्ञा जारी रहेपनि आईतवार नुवाकोटमा रहेका सबै बैक तथा वित्तिय संस्थाले सेवा दिने भएका छन ।
लकडाउन र निषेधाज्ञाको समयमा पनि जिल्लामा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने ती बैकका कर्मचारीहरुले बताएका छन । जिल्लामा रहेका करिव २० ओटाभन्दा बढी कर्मसियल बैंक, विकास बैक र लघुवित्तले आईतवार सेवा दिने बताएका हुन । यस अघि मासिक र त्रैमासिक किस्ता भुक्तानी गर्दै आएका ग्राहकहरुलाई ब्याज तिर्न सहज बनाउने आईतवार बैक खोल्न लागिएको मुत्तिनाथ विकास बैकका प्रबन्धक माधव अधिकारीले बताए ।
प्राप्त जानकारी अनुसार आज नुवाकोटका रहेका नेपाल बैक,रााष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बैक, ग्लोबल आइएमई बैक, सिदार्थ बैक, हिमालयन बैक, एनआइसी एसिया बैक, सनराईज बैक, प्राइम बैक, मुत्तिनाथ विकास बैंक , देव विकास बैंक लिमिटेड लगायतका बैकहरु खुल्ने सो बैकका कर्मचारीहरुले बताएका छन ।
प्रतिक्रिया