अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार पुग्यो

विदुर खबर २०७६ चैत २८ गते ८:२८

एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ ।

Advertisement

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार पाँच सय १३ पुगेको छ । बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ ।

अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन् ।

Advertisement

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी गरेका छन् । सीएनएनका अनुसार बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकाको लागि आम समुदायमा कोरोना भाइरस परीक्षणको जरुरी नरहेको बताएका हुन् ।

प्रतिक्रिया