कोरोनाको आशंकामा दुप्चेश्वरकी एक युवतीलाई त्रिशुली अस्पताल ल्याइयो

विदुर खबर २०७६ चैत २३ गते १५:४७

नुवाकोट । कोरोना भाईरसको मिल्दोजुल्दो लक्षण देखिएपछि आईतबार दुप्चेश्वर गाउँपालिका वडा नम्वर ३ राउतवेशीका एक २८ वर्षिय युवतीलाई त्रिशूली अस्पताल ल्याइएको छ ।

Advertisement

काठमाण्डौबाट यहि चैत्र १० गते घर आईपुगेकी उनमा विगत चार दिनदेखि निरन्तर खोकी र ज्वरो आउने लक्षण देखिएपछि कोरोना संक्रमणको आशंकामा त्रिशुली अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । ती महिलालाई ज्वरो,रुघाखोकी तथा स्वास प्रस्वासमा समस्या देखिएको गाउँपालिकाका अध्यक्ष तामाङ बताउनुभयो ।

त्यस्तै अस्पताल ल्याइएकी युवतीको विगतका केही कुराहरु अनुसन्धान गरेर उपचार प्रक्रिया अगाडी बढाइने त्रिशुली अस्पताल नुवाकोटका फोकल पर्सन डा. अमित कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अस्पताल सबै कुरामा तयारी अवस्थामा रहेको भन्दै विरामी अस्पताल आए लगत्तै चेकजाँच गरिने बताउनुभयो ।

Advertisement

 

यस्तो छ दुप्चेश्वर गाउँपालिकाको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया