लिखुको चौघडामा कोरोना भाइरस रोकथामको लागि उच्चस्तरीय समिति गठन

विदुर खबर २०७६ चैत २२ गते १८:३०

चौघडा । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा कोरोना भाइरस रोकथामको लागि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।

Advertisement

वडा नम्बर ४ का वडा सदस्य भोजराज न्यौपानेको संयोजकत्वमा समितिको गठन गरिएको हो । समितिको सदस्यहरुमा पदम राई,सञ्जु रार्ई,पुड्की परियार,चारानाथ फुल्लेल, र अप्सरा मैनाली रहेका छन । यस्तै अन्य सदस्यहरुमा शैलेश श्रेष्ठ, राजाराम थपलिया, रामचन्द्र अगस्ती,राजु मानन्धर र सद्धाम राई रहेका छन ।

समितिको शनिवार नै बसेको बैठकले लिखु गाउँपालिकाको विभिन्न स्थानमा संगठित वा असंगठित रुपमा काम गर्ने श्रमिक,असाहय तथा वुद्धवृद्धाहरुलाई मापदण्ड बनाएर राहत वितरण गर्ने निर्णय गरिएको समितिका सदस्य शैलेश श्रेष्ठले जानकारी दिनुभयो । समितिका विभिन्न पदाधिकारीले विभिन्न ६३ लक्षित वर्गको नाम संकलन गरि राहत वितरणको अन्तिम तयारी समेत भइसकेको श्रेष्ठले जाकनारी दिनुभयो ।

Advertisement

त्यस्तै समितिले लकडाउनको समयमा वडाभित्र विभिन्न व्यक्तिहरुको आवतजावत बढी भएको भन्दै विभिन्न स्थानमा सुचना टाँस गर्ने समेत निर्णय भएको समितिका अर्का सदस्य रामचन्द्र अगस्तीले जानकारी दिनुभयो । त्यस्तै समितिले आवश्यक कामवाहेक घरबाट ननिस्कने तथा निस्कनै परे माक्स,पन्जा तथा अन्य सुरक्षित सामाग्री प्रयोग गरेर मात्र निस्कन पाउने निर्णय गरेको छ ।

यसअघि लिखु गाउँपालिकाको विभिन्न स्थानमा कोरोमा भाइरसबाट बच्न युवाहरुले विभिन्न अभियान संचालन गरिसकेका छन ।

Advertisement

प्रतिक्रिया