कोरोना भाइरसको आशंका गरिएका नुवाकोटका तीन जनाको रिपोर्ट नेगेटिभ

विदुर खबर २०७६ चैत २२ गते १६:३७

नुवाकोट। कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका नुवाकोटका तीन जनाको  रिपोर्ट नेगेटिभ आएको छ ।

Advertisement

दुबईबाट स्वदेश फर्केका विदुर नगरपालिका एक, भारतबाट आएका शिवपुरी गाउँपालिका र तारकेश्वर गाउँपालिका एक/एक जनाको रिपोर्ट नेगेटिभ आएको त्रिशूली अस्पतालले जनाएको छ। उनीहरुलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो। शिवपुरीका एक जनालाई सिधैँ काठमाडौको टेकुस्थि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो।

उनीहरु तीनै जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा कोभिड–१९ को संक्रमण नभएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए।

प्रतिक्रिया