कोरोना भाइरसको आशंका गरिएका नुवाकोटका तीन जनाको रिपोर्ट नेगेटिभ
विदुर खबर
२०७६ चैत २२ गते १६:३७
नुवाकोट। कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका नुवाकोटका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
दुबईबाट स्वदेश फर्केका विदुर नगरपालिका एक, भारतबाट आएका शिवपुरी गाउँपालिका र तारकेश्वर गाउँपालिका एक/एक जनाको रिपोर्ट नेगेटिभ आएको त्रिशूली अस्पतालले जनाएको छ। उनीहरुलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो। शिवपुरीका एक जनालाई सिधैँ काठमाडौको टेकुस्थि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो।
उनीहरु तीनै जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा कोभिड–१९ को संक्रमण नभएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया