दिल्लीको धार्मिक सभामा गएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो

विदुर खबर २०७६ चैत २० गते १०:४५

नुवाकोट । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलाउन भूमिका खेलेको मानिएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

Advertisement

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबै रौतहटका हुन् । सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गएको वा नगएको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो । तर उनीहरु दिल्लीमै छन् । तर, धार्मिक सभामा गएकामध्ये थप ७ जना सप्तरीमा पनि भेटिएका छन् ।

Advertisement

प्रतिक्रिया