दिल्लीको धार्मिक सभामा गएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो
विदुर खबर
२०७६ चैत २० गते १०:४५
नुवाकोट । भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलाउन भूमिका खेलेको मानिएको धार्मिक सभामा सहभागी भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदमा रहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु सबै रौतहटका हुन् । सबैलाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै दिल्लीको धार्मिक सभामा गएको वा नगएको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
मार्च १ देखि १५ सम्म दिल्लीमा भएको धार्मिक सभामा २० जना नेपालबाट आएको र त्यहाँ रहेका १३ विद्यार्थी पनि सहभागी भएको यसअघि खुलेको थियो । तर उनीहरु दिल्लीमै छन् । तर, धार्मिक सभामा गएकामध्ये थप ७ जना सप्तरीमा पनि भेटिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया