नुवाकोटमा अझै एकसाता निषेधाज्ञा कायम रहने
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नुवाकोटमा अझै एकसाता निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय विदुरमा बसेको सुरक्षा समितिको बैठकले नुवाकोटमा आगामी मंगलबार 25 गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रनाथ गैरेले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा औषधी उपचार, खाध्यवस्तु खरिद जस्ता अत्याआवश्यक काम वाहेक कुनैपनि व्यक्ति घरबाट वाहिर निस्कन नपाउने बताइएको छ ।
निषेधाज्ञाको पालना नगरेमा व्यक्तिलाई संक्रमण रोग ऐन २०२० को दफा ३ को १ अनुसार एकमहिना सम्म कैद वा उत्त ऐनको दफा ३ को २ अनुसार ५ महिनासम्म कैद सजाय हुने बताइएको छ ।
त्यस्तै बैठकले अनुमतिप्राप्त सवारीसाधन,स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने वाहेक सबै प्रकारका सवारीसाधन संचालनमा रोक लगाउने निर्णय भएको सहयाक प्रजिअ गैरेले बताए ।
त्यस्तै बैठकले खानेपानी, इन्धन,दुध र अन्य कारखानाका मजदुरहरुलाई विदा दिने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई





प्रतिक्रिया