स्पेनमा एकै दिन आठ सय ३२ जनाको मृत्यु

विदुर खबर २०७६ चैत १५ गते २०:३७

बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

Advertisement

शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन् । त्यो अघिल्लो दिनभन्दा १२.७ प्रतिशतले बढी हो । चार हजार आठ सय ७५ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने १२ हजार २८५ जना पूर्ण रुपमा निको भएका छन् ।

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ । यो कुल मृत्यु हुने संख्याको ४८ प्रतिशत हो । राजधानीमा २१ हजार पाँच सय २० संक्रमित भेटिएका छन् ।

Advertisement

म्याड्रिडपछि बढी प्रभावित क्षेत्र क्याटालोनिया हो । सो क्षेत्रमा एक हजार ७० जनाले ज्यान गुमाएका छन् । १४ हजार २६३ जना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो क्षेत्रमा तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको  छ । हालसम्म चार जना नेपालीहरुलाई संक्रमण देखिएको छ ।

नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा पाँच हजार एक सय ३६ जना संक्रमित भेटिएका छन् भने दुई सय २१ जनाको मृत्यु भएको छ ।  स्पेनमा झण्डै १० हजार नेपाली रहेको नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।

Advertisement

प्रतिक्रिया