रसुवामा दुई युवक पक्राउ

विदुर खबर २०७५ असार २५ गते १७:२७

रसुवा, ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । .
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् ।

Advertisement

उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । उन्नाइसवर्षीय एक युवतीलाई रसुवावासी भएको नक्कली नागरिकता खडा गरी अध्यागमन कार्यालयबाट सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने केरुङ सीमा अनुमतिपत्र समेत बनाएर यही असार ४ गते केरुङ पु¥याई डान्स हलमा यौनधन्दाको काममा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न पाँचमध्ये फरार अन्य तीन जनाको खोजी जारी रहेको बताइएको छ । सो समूहले गत जेठ ११ गते पोखराबाट युवतीलाई ललाइफकाई काठमाडाँै हुँदै रसुवाको स्याफ्रुमा पु¥याएर नक्कली नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक पटक चरम यौनशोषण गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

अध्यागमन कार्यालय रसुवागढीले भने जेठको अन्तिम सातामा केरुङ जान पाउने सीमा अनुमतिपत्र जारी भएको र नक्कली वा सक्कली नागरिकता हो होइन भन्ने पहिचान गर्ने उपकरण नभएकाले याद राख्न नसकिएको बताएको छ ।

प्रतिक्रिया