रसुवामा दुई युवक पक्राउ
रसुवा, ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । .
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् ।
उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा रसुवागढीबाट पक्राउ गरी दुवैलाई मानव बेचबिखन तथा ओसारपोसार र जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । उन्नाइसवर्षीय एक युवतीलाई रसुवावासी भएको नक्कली नागरिकता खडा गरी अध्यागमन कार्यालयबाट सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने केरुङ सीमा अनुमतिपत्र समेत बनाएर यही असार ४ गते केरुङ पु¥याई डान्स हलमा यौनधन्दाको काममा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न पाँचमध्ये फरार अन्य तीन जनाको खोजी जारी रहेको बताइएको छ । सो समूहले गत जेठ ११ गते पोखराबाट युवतीलाई ललाइफकाई काठमाडाँै हुँदै रसुवाको स्याफ्रुमा पु¥याएर नक्कली नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक पटक चरम यौनशोषण गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अध्यागमन कार्यालय रसुवागढीले भने जेठको अन्तिम सातामा केरुङ जान पाउने सीमा अनुमतिपत्र जारी भएको र नक्कली वा सक्कली नागरिकता हो होइन भन्ने पहिचान गर्ने उपकरण नभएकाले याद राख्न नसकिएको बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया