नुवाकोटमा १० आइसोलेसन वार्ड र १९१ शय्याको क्वारेन्टाइन निर्माण

नुवाकोट। नुवाकोटमा अहिलेसम्म १० वटा आइसोलेसन र १९१ वटा क्वारेन्टाइनका शय्या निर्माण भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ती आइसोलेसन र क्वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । स्वास्थ्यकर्मीको सुरक्षाका लागि लगाइने सुरक्षा कवच (पीपीई) ४ वटा छन्। जिल्लाभरिका बिरामी आउने संभावनालाई मध्यनजर गरी नयाँ अस्पताल भवनमा १० शय्याको आइसोलेसन कक्ष बनाइएको छ ।

विदुर नगरपालिका वडा नम्बर १ मा निर्माण गरिएको क्वारेनटाइनको निरिक्षण गर्दै प्रजिअ द्रोण पोखरेल ।
त्यसैगरी त्रिशूली क्लिनिक जनसेवा अस्पतालमा १० वटा क्वारेन्टाइन बनाइएको छ भने शैक्षिक तालिम केन्द्रमा २० क्वारेन्टाइन निर्माण भइसकेका छन्। त्रिशूली क्लिनिक जनसेवा अस्पतालको क्वारेन्टाइनमा महिला मात्र र शैक्षिक तालिम केन्द्रको भवनमा पुरुषमात्र राखिने भएको छ। उक्त अस्पतालमा लकडाउनका बेला पनि सामान्य बिरामी १५ जनाको दरले आइरहेको त्रिशूली अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेण्डेन्ट डा. रेमकुमार राईले बताए। ‘पीपीई मगाएका छौं,’उनले भने,‘हामीसँग ६ वटा थर्मल गनमा २ वटा बाहिर पाइएको र ३ वटा अस्पतालमा छ।’ १० थर्मल गन मगाएको उनले बताए।
प्रतिक्रिया