बुधवारदेखि नुवाकोट प्रवेश निषेध, जिल्लाभित्र सवारीसाधन ठप्प हुने
विदुर खबर
२०७६ चैत १० गते १६:१५

नुवाकोट । बुधवारदेखि नुवाकोटमा प्रवेश निषेध गरिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वसेको विपद व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रने सवारीसाधनलाई रोक्ने निर्णय भएको जिल्ला विपत व्यवस्थापन समितिका एक सदस्यले विदुर खबरलाई जानकारी दिए ।
साथै बैठकले बुधवारदेखि नै जिल्ला भित्र कुनैपनि किसिमका सवारीसाधन चल्न नपाउने निर्णय गरेको बताइएको छ । सो अवधिमा अत्याआवश्यक सवारीसाधनलाई भने अवरोध नगरिने बताइएको छ । प्रवेध निषेभ लगाइएपछि नुवाकोट भित्रने विभिन्न नाकामा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।
बैठकमा केही सदस्यहरुले भयावह स्थिति आउन सक्ने भन्दै कफ्र्यु लगाउन समेत माग गरेका थिए ।
यस सम्बन्धी थप समाचार केहीवेरमा ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया