७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज
नुवाकोट । नुवाकोट र धादिङमा निर्माण हुने भनिएको ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खारेज भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ ।
प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ । दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा सम्झौता स्वतः खारेज हुने व्यवस्था छ ।
कम्पनीले २०७४को चैतमा इन्जिनियरिङ, खरीद, निर्माण तथा लगानी (इपीसीएफ) मोडलमा निर्माण गर्ने चिनियाँ कम्पनी डोङˆयाङ इन्टरनेशनलसँग समझदारी गरेको थियो । तर, यो समझदारीले पनि मूर्त रुप पाउन नसकेपछि आयोजना समस्यामा परेको थियो । आयोजनाको प्रवर्द्धक कम्पनीका मुख्य संस्थापक गुरुप्रसाद न्यौपाने हुन् । उनले आयोजना प्रभावित धादिङ र नुवाकोटका स्थानीय बासिन्दा तथा अन्यसँग सेयर लगानीका लागि भन्दै रकम उठाइसेका थिए ।
आयोजनाको अनुमानित लागत १५ अर्ब ५० करोड रुपैयाँ थियो । त्यसमध्ये ९ अर्ब ८३ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्ने र बाँकी नेपाली लगानीकर्ताबाट जुटाउने गरी समझदारी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया