नुवाकोटको दश स्थानमा हेल्थ डेस्क संचालनमा

विदुर खबर २०७६ चैत ९ गते २१:५५

नुवाकोट । कोरोना भाईरस (कोभिड (१९) को सङ्क्रमणबाट नुवाकोट जिल्लालाई सुरक्षित राख्न विभिन्न १० स्थानमा हेल्थ डेस्क संचालनमा ल्याइएको छ ।

Advertisement

कोरोना भाइरसविरुद्धको सचेतना फैलाउने उदेश्यको साथ विभिन्न संघसंस्था र स्थानियतहको समन्वयमा जिल्लाको विभिन्न १० स्थानमा हेल्थ डेस्क संचालनान ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला भित्रने विभिन्न नाकाहरुमा हेल्थ डेस्कको स्थापना गरिएको हो । हेल्थ डेस्क स्थापना गरिएका ठाउँहरुमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्फुटार, शिबपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेभन्ज्याङ, पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बुडिसेरा र पञ्चकन्या गाउँपालिका वडा नम्बर १ बानियाटारमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर २ फुलबारि, बेलकोटगढी नगरपालिका वडा नम्बर ९ बाघखोर, बिदुर नगरपालिका वडा नम्बर ४ बट्टार, वडा नम्बर ९ कोलनी, किस्पाङ गाउँपालिका वडा नम्बर ३ काहुले र वडा नम्बर २ सातदोबाटोमा हेल्थ डेस्क संचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

विभिन्न ठाउँमा संचालित ति हेल्थ डेस्कहरुले जिल्ला प्रबेश गर्ने सबै यात्रु तथा मालबाहाक सवारी साधनहरुको अनिबार्य रुपमा स्वास्थ्य परिक्षण गर्ने बताइएको छ । सो हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने बताइएको छ ।

प्रतिक्रिया