भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, १२८ संक्रमित
विदुर खबर
२०७६ चैत ४ गते १५:१४
एजेन्सी । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो ।
भारतको स्वास्थ्य विभागका अनुसार कोरोना भाइरसको संक्रमणबाट भारतमा हालसम्म १२८ जना बिरामी छन् । तीमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् । भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया