आजबाट नुवाकोटमा दादुरा-रुबेला खोप अभियान सुरु

विदुर खबर २०७६ चैत ४ गते १०:३७

नुवाकोट । नुवाकोटमा आजबाट  राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०७६ सुरु हुने भएको छ ।

Advertisement

पहिलो चरणमा नुवाकोटको बिदुर नगरपालिका, म्यागङ गाउँपालिका, तादी गाउँपालिका, शिबपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र सुर्यगढी गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ । पहिलो चरण अभियान चैत्र ४ गतेबाट सुरु भई ८ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।

यस्तै, दोश्रो चरणको अभियान चैत्र १५ गतेदेखी १९ गते सम्म अभियान सञ्चालन हुने छ । दोश्रो चरण अन्तर्गत बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका, तारकेश्वर गाउँपालिका, लिखु र पञ्चकन्याँ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । नुवाकोटको २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला बिरुद्ध खोप लगाइने स्वास्थ्य कार्यलय नुवाकोटको खोप अधिकृत राजाराम कार्कीले बताउनुभएको छ । जिल्लाको १२ वटा स्थानिय तहमा ६ सय ९० २० वटा खोप केन्द्र सञ्चालन गरिने भएको छ ।

Advertisement

बालबालिकालाई दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभएको छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका रोगहरु लाग्ने भएकोले नजिकको खोप केन्द्रमा खोप केन्द्रमा गएर खोप लगाउन उहाले आग्रह गर्नुभएको छ ।
अभियान सञ्चालन गर्नको लागि १२ सय ३२ जना स्वयसेवक खटिने छन् भने १ सय ६२ जना खोप कार्यकर्ता परिचालन गरिने छ ।

प्रतिक्रिया